अस्पताल लैजाने क्रममा जाजरकोटमा गर्भवतीको मृत्यु

Posted on: 14 Mar, 2022

फागुन ३०, काठमाडौं । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो  ।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल  लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!