अमेरिका र फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

Posted on: 14 Mar, 2022

फागुन ३०, काठमाडौं । अमेरिका र फ्रान्समा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको छ। यो भाइरस ओमिक्रोन र डेल्टा भाइरस उत्परिवर्तित भएर कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको हो। डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् 

साइप्रसको एक ल्याबमा परीक्षण गर्दा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको हो। फ्रान्सका कतिपय स्थानमा डेल्टाक्रोन भाइरसबाट संक्रमितहरुको संख्या बढदै गएकोस्काइ न्यूजको समाचारमा उल्लेख छ।

डब्लूएचओले नेदरल्याण्ड र डेनमार्कमा समेत नयाँ भेरियन्ट डेल्टाक्रोन फेला परेको पुष्टि गरेको छ। गत महिना बेलायतका एक व्यक्तिमा डेल्टा र ओमिक्रोन दुबै भेरियन्टको लक्षण देखा परेको थियो। विश्वस्वास्थ्य संगठनले युरोपका कतिपय मूलुकमा डेल्टाक्रोन फैलन थालेको पुष्टि गरेको छ।  

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एधनम ग्याब्रियससले नयाँ भेरियन्टलाई नियन्त्रण गर्न कोरोना परीक्षण तीब्र पार्नुपर्ने बताएका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!