पैदल हिंडेर मस्तिष्कलाई ठूलो र बलियो बनाउन सकिने

Posted on: 10 Feb, 2022

माघ २७, काठमाडौँ । के तपाईलाई थाहा छ ? पैदल हिंडेर हाम्रो मस्तिष्कलाई ठूलो र बलियो बनाउन सकिन्छ र स्मरणशक्ति कम हुने जोखिम घटाउन सकिन्छ । जब हामी हिंड्छौं, हाम्रो दिमागले ब्रेन डेरिभ्ड न्यूरोट्रोफिक फ्याक्टर (BDNF) रिलिज गर्छ – प्रायः यसलाई मस्तिष्कको लागि चमत्कार भनिन्छ।

अचेल धेरै मानिसहरूको गुनासो-

“मेरो मेटाबोलिजम ( weak metabolic health ) कमजोर छ”

यसका सम्भावित कारणहरु :

-तेल, चीनी र परिष्कृत कार्बहरु

-पोषक तत्वहरुको कमी

-व्यायाम वा शारिरिक अभ्यासको कमी

-अत्याधिक तनाव लिनु

-सूर्यको किरणको कमी (घाम नताप्नु)

-हिँडडुलको कमी

वास्तवमा मानिसहरु कमजोर मेटाबोलिजम लिएर जन्मेका हुन्नन् । यो मानिसको कमजोर जीवनशैली र अस्वस्थकर खानपिन शैलीका कारण विकसित हुनथाल्छ र त्यसले गर्दा कालान्तरमा बिभिन्न जटिल समस्याहरु बढ्दै जान्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!