एकैदिन ५ हजार बढीमा कोरोना संक्रमण, ३ को मृत्यु

Posted on: 14 Jan, 2022

पुस २६, काठमाडौँ | नेपालमा एकैदिन ५ हजार बढी कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ५०८७ जना संक्रमित थपिएका हुन्।

देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ३०६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वातै बढेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या बढेर १८ हजार २३५ पुगेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!