कर छली गर्ने एक परिवारमा प्रहरीकाे छापा, ८ करोड बरामद !

Posted on: 09 Jan, 2022

पुस २५, काठमाडौँ, एजेन्सी | मध्यप्रदेशको दमोहका एक होटल व्यवसायी, मदिरा र यातायात व्यवसायी रहेका एक राय परिवारमाथि भएको आम्दानी करमाथि छानबिन गरिएको छ । उक्त परिवारको आम्दानी करमाथि भएको कारबाही बिहीबार बिहान ५ बजे सुरु भएर शुक्रबार रातको ११ बजे सकिएको भारतीय सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै बताएका छन् ।

करिब ४५ घण्टा चलेको कारबाहीमा ८ करोड (भारतीय रुपियाँ) नगद बरामद भएको छ । आयकर टिमले रकम गन्नका लागि छ वटा मेशिनको प्रयोग गरेको थियो । साथै, उक्त टिमले ३ किलो गरगहना पनि बरामद गरेको छ । साथै, हिरा, हतियार र करौडौँको कारोबार रहेको पनि पत्ता लगाएको छ ।

छानबिन हुँदैछ भन्ने थाहा पाएका राय परिवारले झोलामा नोट हालेर पानी ट्यांकीमा फालेको पनि भेटिएको छ । आयकर टिमले पानीले भिजेको नोट ट्यांकीबाट निकालेर हेयर ड्रायर र प्रेसको मद्दतले घण्टौँ लगाएर नोट सुकाएका थिए । नोट भिजेकोले बैंकका कर्मचारी पनि नोट सुकाउन लागिरहेका छन् । टिमका प्रमुख मुनमुन शर्माले शुक्रबार राति खानतलासीको काम सकिएको आधिकारीक घोषणा गरे ।

बिहीबार बिहान ५ बजे ४० गाडीमा एक सयभन्दा धेरै आयकरका कर्मचारी दमोह पुगेका थिए । उनीहरुले राय परिवारका सबै अड्डाहरुमा खानतलासी गरेका थिए ।

बिहीबार दिउँसो २ः३० मा टिमले नगद फेला पारेको थियो । रेडमा भेटिएका धेरै रकम २ हजार नोटका थिए । नोट गन्नका लागि मेशिनहरुको प्रयोग भए । एकैपटक रेड परेपछि राय परिवारकी एक महिलाको स्वास्थ्यमा गडबडी आएको र उनलाई मिशन अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

छानबिनका क्रममा बस कन्डक्टरको नामबाट पनि मदिराको कारोबार भइरहेको पत्ता लागेको छ । बिहीबार बिहान कारबाही सुरु हुनुभन्दा अगाडि कमल रायको घरमा नोट जलाइएको आशंका गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!