दक्षिण पश्चिम चीनमा सरकारी कार्यालयको चमेनागृह विष्फोटमा २० जना फसे

Posted on: 07 Jan, 2022

दक्षिण पश्चिम चीनमा सरकारी कार्यालयको चमेनागृह विष्फोटमा २० जना फसे

पुस २३, बेइजिङ । चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको सञ्चार माध्यमले जनाएको छ ।

उक्त विष्फोट कार्यालयको चमेनागृहमा "शङ्कास्पद ग्यास चुहावट" को कारणले भएको  राज्य सञ्चालित पिपुल्स डेलीले जनाएको छ । उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदैछन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!