बालबालिकालाई दिने खोप अभियान किन स्थगित ?

Posted on: 28 Dec, 2021

पुस १३, काठमाडौँ | आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ ।

काठमाडौं उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय गरेको सरकारले सिरिञ्ज अभाव देखाउँदै अभियान स्थगित गरेको हो। खोप शाखाका प्रमुख सागर दाहालका अनुसार फाइजर खोपका लागि आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो छैन।

फाइजर खोपका लागि छुट्टै सिरिन्ज चाहिने भन्दै उनले सिरिन्ज छिट्टै आउने भनिए पनि कहिले आउँछ भन्ने यकिन नभएको बताए। यस्तै फाइजर खोपमा मिसाउने घोलक पनि नआएको दाहालले जानकारी दिए। अमेरिकाले नेपाललाई ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!