स्वास्थ्य मन्त्रीको प्रेस सल्लाहकारमा बिडारी

Posted on: 25 Dec, 2021

पुस १०, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन्। मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन्।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहेका छन्। त्यस्तै पत्रकारिता तथा आमसञ्चार विषय विगत पाँच वर्षदेख अध्यापनसमेत गर्दै आइरहेका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा समाजवादी प्रेस संगठनका संस्थापक उपाध्यक्ष बिडारी दामन पोष्ट साप्ताहिक तथा दामन पोष्ट डटकमका सम्पादक हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!