देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 24 Dec, 2021

पुस ९, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९६ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ३४९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ। निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएसँगै यसबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५८२ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेको मन्त्रालयले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!