देशभर थप २९० जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

Posted on: 21 Dec, 2021

पुस ६, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा २९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५२ जना र एन्टिजन परिक्षण गर्दा ३८ जना गरि जम्मा २९० जना नयाँ संक्रमित थपिएका हुन् ।        

त्यस्तै, पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५७७ रहेको छ ।    

पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई लाख ४७ हजार ८१४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेको छ ।       

यस बिषयमा तपाइको प्रतिक्रिया...!