काठमाडौंमा भेरोसेलको दोस्रो डोज भदौ ९ गतेदेखि दिइने

Posted on: 19 Aug, 2021

भदौ ३, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकलाई भदौ ९ गतेदेखि खोपको दोस्रो डोज लगाइने भएको छ ।

साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

काठमाडौं जिल्लाका १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइने खड्काले बताए । उनका अनुसार भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!