भाञ्जाले कुटपिट गर्दा मामाको ज्यान गयो

Posted on: 10 Apr, 2024

चैत २८,  काठमाडौं ।  चितवनको इच्छाकामना १, मा भाञ्जाले कुटपिट गरेर मामाको हत्या गरेका छन् । २३ वर्षका लोकबहादुर चेपाङले मामा नाताका चन्द्रबहादुर चेपाङको घरेलु मदिरा सेवन गरी कुटपिट गर्दा ज्यान गएको हो ।

जिल्ला प्रहरी चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार चैत २६, सोमबारका दिन सँगै बसेर घरेलु मदिरा सेवन गर्दा वादविवाद भई लोकबहादुरले ४२ वर्षका मामा चन्द्रबहादुरलाई कुटपिट गरेका थिए ।


कुटपिट भएको थाहा पाएपछि चन्द्रबहादुरकी श्रीमतीले छुट्याएर घरमा ल्याई सुताएकी थिइन् । तर, राती ९ बजे नै कुटपिटबाट ज्यान गएको डिएसपी भण्डारीले जानकारी दिए ।

घटनाको जानकारी भएपछि इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले कुटपिटमा संलग्न लोकबहादुरलाई नियन्त्रणमा लिएको छ । भने मृतक चन्द्रबहादुरको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

डिएसपी भण्डारीका अनुसार कुटपिटमा संलग्न लोकबहादुरलाई आज जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!