‘द भ्वाइस किड्स नेपाल’मा अब एक साता डिजिटल अडिसन दिन सकिने

Posted on: 29 Dec, 2022

पुस १४, काठमाडौँ | लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल अडिसन चलिरहेको छ । सहभागी हुन इच्छुकले अझै एक सातासम्म अडिसन दिन सक्नेछन् ।

अडिसनका लागि हिमालय टीभीको एप वा ह्वाट्स एप नम्बर ९८१०१२४११० मा भिडियो पठाउन सक्नेछन् । उक्त भिडियोमा ब्याकग्राउण्ड म्युजिक नभएको हुनुपर्नेछ ।

साथै, व्यक्तिगत परिचय खुल्ने जानकारी पनि भिडियोसँगै पठाउनुपर्नेछ । ६ वर्षदेखि १४ वर्षसम्म उमेरका बालबालिकाले मात्र शोमा भाग लिन पाउने भएका छन् ।

डिजिटल अडिसनपछि भौतिक रुपमै उपस्थित भएर प्रतिस्पर्धीले फिजिकल अडिसन दिनुपर्नेछ । यसबाट छानिएका प्रतिस्पर्धीले ब्लाइण्ड अडिसनमा भाग लिने मौका पाउनेछन् । आगामी एक महिनासम्म ब्लाइण्ड अडिसन सुरु हुने भएको छ ।

रियालिटी शो निर्देशक लक्ष्मण पौडेलले द भ्वाइस किड्स संस्करणको दोस्रो सिजनमा पनि उत्साहजक सहभागिता भइरहेको बताए । अघिल्लो सिजनमा २२ हजार जनाले आवेदन दिएका थिए । द भ्वाइस किड्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!