द भ्वाइस अफ नेपालबाट आशिष महर बाहिरिए

Posted on: 18 Dec, 2022

पुस ३, काठमाडौँ | टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’मा अछामका आशिष महर बाहिरिएका छन् । अछामको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर भ्वाइस अफ नेपालमा प्रवेश भएसङ्गै एकपछि अर्को दमदार प्रस्तुति दिदै दर्शकको मन जित्दै अन्तिम छ मा प्रवेश गरेका थिए ।


शुक्रबार हुड्केली पहिरनमा “मायाले मायाले मार्यो मार्यो” गितमा दर्शक र कोचलाई झुमाएका थिए । दर्शकले हुटिङ गर्दै गित गाउन आग्रह समेत गरेका थिए । भोटिङका आधारमा महर उत्कृष्ट ९ मा प्रवेश गरेका छन् । आज शनिबारको प्रस्तुतिसङ्गै उत्कृष्ट ४ का लागि भोटिङ हुनेछ ।

केहिदिन पहिले धनगढीमा जारी ‘सुदूरपश्चिम महोत्सव’को चौथो दिन महरले सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई जुरुकजुरुक पारेका थिए । महोत्सवको भीडमा एक्ला आकर्षण बनेका महरलाई हेर्न र छुन भीड उर्लिएको थियो । उनका समर्थक आशिष महरलाई जिताऊँ लेखिएको ब्यानरसहित त्यहाँ उपस्थित थिए। आशिषको पक्षमा फ्यानले हुटिङ समेत गरे । आशिषको भीडलाई थाम्न प्रहरीलाई हम्मे समेत पर्‍यो ।

महरले भ्वाइस अफ नेपालमा गाएका गीतसँगै देउडा गाएर दर्शकलाई मन्त्रमुग्ध तुल्याए । उनले आफूलाई भोट गरेर जिताउन समेत आग्रह गरे । तर आज भने उनि अगाडी बढ्न सकेनन । ‘दि भ्वाइस अफ नेपाल सिजन–४’ मा कोचको रुपमा राजु लामा, प्रमोद खरेल, राजेश पायल राई र प्रविशा अधिकारी रहेका छन् ।

अब भने द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको समीकरण तयार भएको छ । शनिबारको एपिसोडबाट योगेश मगर र करण राई अन्तिम चारमा प्रवेश गरेका छन् । आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रमोद खरेलको समूहबाट योगेश र राजु लामाको समूहबाट करण फाइनल राउण्डमा प्रवेश गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!