दिशा पटानीको स्मरणशक्ति गुमेको खुलासा

Posted on: 06 Nov, 2022

कात्तिक २०, काठमाडौँ | भारतीय अभिनेत्री दिशा पटानीले आफ्नो स्मरशक्ति गुमेकी बताएकी छिन् ।

पटानीले भारतीय संचारमाध्यमलाई भर्खरै दिएको एक अन्तर्वार्तामा तालिमको क्रममा कंक्रीटको छतबाट खसेर टाउकोमा चोट लागेको र स्मरणशक्ति गुमेको बताएकी हुन् । उनले फिल्म सुटिङका ​​क्रममा जिम्यास्ट्रिक खेल्ने क्रममा यो घटना भएको खुलासा गरेकी हुन्। टाउकोमा चोट लागेको कारण उनको स्मरणशक्ति गुमेको थियो । उनले उक्त समय करिब ६ महिनासम्म स्मरणशक्ति गुमाएको खुलासा गरेकी हुन् ।

Did You Know? Disha Patani Once Suffered Memory Loss For 6 Months: “I  Couldn't Remember Anything”

भारतीय सञ्चार माध्यमका अनुसार जिम्यास्ट्रिक खेल्ने क्रममा पटानीले उल्टो पल्टिदै गर्दा टाउकोमा चोट लागेको थियो । हाल उनी पुरै निको भइसकेकी छिन् । उनी आफ्नो फिटनेसलाई लिएर निकै गम्भीर छिन् । घण्टौंसम्म जिममा पसिना बगाउनुका साथै उनी जिम्यास्ट्रिक पनि गरिरहेकी छिन् । पटानी फुर्शदको समयमा जिम्यास्ट्रिक गरिरहेकी हुन्छिन् ।

उनले फिल्म एमएस धोनीबाट बलिउडमा आफ्नो करियर सुरु गरेकी हुन् । उनी छोटो समयमा दर्शकमाझ निकै लोकप्रिय बनेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!