नेपाली र हिन्दी भाषामा एकैदिन रिलिज हुँदै 'प्रेम गीत ३'

Posted on: 12 Sep, 2022

भदौ २७, काठमाडौँ | नेपालमा ‘प्रेम गीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि एकैदिन रिलिज हुने भएको छ। असोज ७ गते प्रदर्शन मिति तोकेको सो फिल्मको नेपालीसँगै हिन्दी भर्सन एकैदिन रिलिज हुने निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिएका हुन्।


केही समयअघि नै यस फिल्मको हिन्दी भर्सन नेपालमा पनि रिलिज गरिने चर्चा थियो। तर एकैदिन रिलिज गर्ने/नगर्ने विषयमा भने अन्यौलता नै थियो। अन्यौलताबिच सेनले फिल्म ‘प्रेमगीत ३’ लाई नेपालमा एकैदिन नेपालीका साथै हिन्दी भाषामा रिलिज गर्ने बताएका हुन्।

‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन गर्ने निर्णय गरेका छौँ। थप दर्शक, शुभचिन्तकको साथको अपेक्षा गरेका छौँ, उनले लेखेका छन।

स्वर्गीय छेतन गुरुङ र सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीपका साथै क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ। फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!