कमल र मेलिनाले गरे इन्गेजमेन्ट

Posted on: 12 Sep, 2022

भदौ २७, काठमाडौँ | केही समयदेखि प्रेम सम्बन्धमा रहेका गायक कमल खत्री र गायिका मेलिना मैनालीबीच इन्गेजमेन्ट भएको छ ।

आइतबार उनीहरूले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै आफूहरूबिच इन्गेजमेन्ट भएको जानकारी दिएका हुन् । एउटै स्टाटस सेयर गर्दै उनीहरूले जीवनको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।


‘चाहना यति छ कि साथ तिम्रो होस र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एक अर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौँ,’ उनीहरूले भनेका छन् ।

भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र चर्चित गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको बेलादेखि प्रेम सुरु भएको हो ।

कमलसँग गाएको ‘फिका फिका’ बोलको गीत हिट भएपछि मेलिना चर्चामा आएकी थिइन् । त्यति बेलादेखि नै उनीहरू नजिकिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!