‘छक्कापञ्जा ४’लाई कात्तिक ४ मा रिलिज गर्ने तयारी

Posted on: 11 Sep, 2022

भदौ २६, काठमाडौँ । ‘छक्कापञ्जा ४’लाई आगामी तिहार छेकोमा रिलिज गर्ने तयारी भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले कात्तिक ४ गते फिल्मलाई रिलिज गर्ने तयारी भइरहेको बताए ।

‘छक्कापञ्जा’लाई तिहारमै ल्याउनुपर्ने दबाब समेत छ किनभने त्यसपछिको उपयुक्त मिति वैशाख वा अर्को दशैंमा हुन सक्छ । जसको कारण पनि कात्तिक ४ मै फिल्म आउन सक्ने संकेत दीपकले गरे ।

मंसिरमा चुनाव, त्यसपछि विश्वकप फुटबल र जाडोयामका कारण पनि तिहारको बिदातर्फ दीपकको नजर सोझिएको छ । हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’मा दीपकसहित दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, बेनिशा हमाल र मलिना जोशीको प्रमुख भूमिका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!