‘कबड्डी ४’ पछि ‘झिंगेदाउ’ बन्यो धेरै कमाउने नेपाली फिल्म

Posted on: 09 Sep, 2022

भदौ २४, काठमाडौँ | ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ले एक सातामै नेपाली बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । 

चलचित्र विकास बोर्डको बक्स अफिसमा बिहीबार बेलुकासम्म ‘झिंगेदाउ’को कमाइ १ करोड ३० लाख रुपैयाँ ग्रस उल्लेख छ ।

‘झिंगेदाउ’को यो कमाइ यस वर्ष ‘कबड्डी ४’ पछिकै उच्च हो । बलियो वर्ड अफ माउथको कारण यो फिल्मले दोस्रो साता पनि राम्रै कमाइ गर्ने अपेक्षा छ । सिंगल र मल्टिप्लेक्स हलका दुवैथरी दर्शकलाई ‘झिंगेदाउ’ले आकर्षित गरिरहेको छ ।

यसैबीच, तेस्रो सातामा प्रदर्शन भइरहेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को बिहीबारसम्मको कमाइ १ करोड १८ लाख रुपैयाँ ग्रस उल्लेख छ । ‘सम्हालिन्छ कहिले मन’ले भने आफूलाई बक्स अफिस दौडमा अपेक्षित रुपमा अघि बढाउन सकेन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!