टिभी अभिनेत्री भिजे महालक्ष्मीले निर्माता रविन्दरसँग गरिन् विवाह

Posted on: 02 Sep, 2022

भदौ १७, काठमाडौँ | तमिलको सानो पर्दाकी अभिनेत्री तथा चर्चित कार्यक्रम प्रस्तोता भिजे महालक्ष्मीले चर्चित निर्माता रविन्दर चन्द्रशेखरणसँग बिहिबार लगनगाँठो कसेकी छिन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले आफ्ना नजिकका साथीभाइ, परिवारका सदस्य र आफन्तबीच आन्द्रप्रदेशको तिरुमाला तिरुपतीमा विवाह गरेका हुन् ।

Producer Ravindar marries famous serial actress

विवाहको तस्बिरलाई इन्स्टाग्राममा सेयर गर्दै महालक्ष्मीले लेखेकी छिन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा म निकै भाग्यमानी महसुस गरिरहेकी छु । तिमीले मेरो जीवनलाई न्यानो मायाले पूर्ण गरिदिएका छौ । लभ यु अम्मु ।’


महालक्ष्मीले विभिन्न तमिल टेलिश्रृङ्खला भानी रानी, अफिस, सेलामे, उथिरिपोक्कल, और कई ओसाईलगायतमा मुख्य भूमिका निर्वाह गरेकी छिन् ।

यता रविन्दरको आफ्नै निर्माण कम्पनी छ । उनले विभिन्न चर्चित टेलिश्रृङ्खला निर्माण गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!