बलिउड अभिनेत्री अमिषा पटेलमाथि साढे २ करोड ठगी गरेको आरोप

Posted on: 31 Aug, 2022

भदौ १५, काठमाडौँ | बलिउड अभिनेत्री अमिषा पटेल विरुद्धको मुद्दामा सर्वोच्च अदालतले रोक लगाएको छ ।

वास्तवमा, झारखण्ड ट्रायल कोर्टले अमिषा विरुद्ध धोखाधडी र विश्वास तोडेको आरोपमा समन जारी गरेको थियो। यसपछि अमिषाले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । न्यायाधीश बीआर गवई र पीएस नरसिम्हाको इजलासले झारखण्ड सरकारलाई यस सम्बन्धमा नोटिस पठाएको छ।


तर, सर्वोच्च अदालतले निगोसिएबल इन्स्ट्रुमेन्ट ऐनको दफा १३८ (चेक बाउन्स) बमोजिम सजाय हुने कसुरमा कानुनबमोजिम कारबाही अघि बढाउनुपर्ने ठहर गरेको छ ।

निर्माता अजय कुमार सिंहले अमिषा पटेलविरुद्ध उजुरी दिएका थिए । भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार अजयले देसी म्याजिक नामक फिल्म बनाउन अमिषाको बैंक खातामा २ करोड ५० लाख रुपैयाँ ट्रान्सफर गरेको उजुरीमा उल्लेख छ । तर, अमिषाले न त फिल्मको निर्माणको काम सुरु गरिन् न निर्माताको पैसा फिर्ता गरिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!