निर्माता सुवास थापाले दिए विपिन कार्कीविरुद्ध उजुरी

Posted on: 25 Aug, 2022

भदौ ९, काठमाडौं | अभिनेता विपिन कार्की विरुद्ध फिल्म निर्माता सुवास थापाले चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । 

प्रसाद २' निर्माताले विपिन कार्कीविरुद्ध कलाकार र निर्माता संघमा दिए उजुरी

कास्कीमा ‘प्रसाद २’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिंडेर फिल्म अलपत्र पारेको भन्दै थापाले क्षतिपूर्ति माग गरेका छन् । अहिले विपिन रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा व्यस्त छन् । विपिनले भने थापासँग ‘प्रसाद २’ मा सहकार्य गर्न नसकिने बताइसकेका छन् । विपिनबाट क्षतिपूर्ति भराइदिन माग गर्दै उनले संघमा उजुरी दिएका हुन् । 

उजुरी आएपछि अब निर्माता संघले विपिन र सुवास दुवैलाई छलफलमा बोलाउने तयारी गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!