राजु लामाले चढे जापानको अग्लो हिमाल, चुचुरोमा पुगेर गाए ‘पर्खाइमा भिज्यो सिरानी’

Posted on: 25 Aug, 2022

भदौ ९, काठमाडौं | गत जेठमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् । 


जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेका हुन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाए ।

‘माउन्ट फुजी आरोहण गर्ने योजना मेरो पहिले देखिनै थियो । अन्तत पुगे’ आरोहणपछि उनले भने । सगरमाथा आरोहणको समय पनि उनले दुई कन्सर्ट गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!