कपिल शोमा हुने छैनन् कृष्णा अभिषेक

Posted on: 22 Aug, 2022

भदौ ६, मुम्बई | भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजन दर्शकमाझ आउने तयारीमा छ । नयाँ सिजनको तयारीसँगै कलाकारमा पनि फेरबदल भएको छ । अधिकांश नयाँ कलाकारको उपस्थिति रहने नयाँ सिजनमा कृष्णा अभिषेक भने यसपटक हुने छैनन् ।


कृष्णा अभिषेकले पनि यो कुराको पुष्टि गरेका छन् । ‘सम्झौताको विषयका कारण म नयाँ शोको हिस्सा हुने छैन’, उनले भनेका छन् ।

अर्की कलाकार भारती सिंह पनि नयाँ सिजनमा बढी सक्रिय हुने छैनन् । उनले आफू ‘सारेगामापा लिटिल च्याम्प्स ९’को होस्ट गरिरहेकाले कपिल शोमा धेरै समय दिन नसकेको खुलाएकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!