‘पुष्पा २’को सुटिङ सुरु, डिसेम्बरमा रिलिज गर्ने तयारी

Posted on: 22 Aug, 2022

भदौ ६, काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘पुष्षा-द रूल’को दोस्रो पार्टको छायाङ्कन सुरु भएको छ। अल्लु अर्जुन र रश्मिका मन्दाना मुख्य भूमिका रहने फिल्मको सोमवार शुभ मुहूर्त गरी सुटिङ सुरु गरिएको हो।


‘पुष्पा २’ निर्माताहरूले भारतकै प्रतिक्षित फिल्मको सुटिङ सुरु भएको सामाजिक सञ्जालमा उल्लेख गरेको छ। यो फिल्म आगामी वर्षमा रिलिज हुने भारतीय सञ्चारमाध्यममा उल्लेख  छ।

छायाङ्कनको शुभमुहूर्तको तस्विरमा फिल्मका क्रिउ सदस्यसँगै रश्मिका पनि देखिइन। तर, अल्लु अर्जुन भने तस्विरमा देखिएनन् किनकी उनी हाल बिग एप्पलमा भारत दिवस समारोहको लागि न्यूयोर्कमा छन्।


यसअघि चलचित्र मिथ्री मुभिका निर्माताहरुले ‘पुष्प २’को छायाङ्कन सुरु हुन लागेको घोषणासहित फोटो सेयर गरेका थिए। निर्माण टिमले घोषणा गरेको दोस्रो दिनदेखि नै छायाङ्कन सुरु भएको हो।

१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा-द राइज’ निकै सफल फिल्म हो। सुकुमार निर्देशित यस फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको उल्लेख छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!