भाइरल हुदै एलिजा गौतमकाे ‘हट डाण्स स्टेप’….हेर्नुहाेस् (भिडियाे सहित)

Posted on: 21 Aug, 2022

भदौ ५, काठमाडौं | नायिका तथा मोडल एलिजा गौतमलाई भाइरल बन्न कसैले रोक्न सक्दैन । उनी, कहिले बोलेका कुराले त कहिले नृत्य गरेको स्टाइलले भाइरल हुन्छिन् । अब, एउटा फिल्म खेलेर नपाएको चर्चा यस्तै तरिकाले पाइन्छ भने नगर्नु पनि किन ?

फिल्ममा फ्लप एलिजा ‘डग्गी डान्स’ले भाइरल

एलिजाले क्यानडामा तीजको रमझममा रमाउँदै गर्दा गरेको डान्सको एक स्टेप भाइरल छ । ‘डग्गी स्टाइल’मा उनले गरेको नृत्य सामाजिक संजालमा भाइरल मात्र भएको छैन अधिकांश प्रयोगकर्ताले यो कस्तो डान्स हो भनेर पनि सोधेका छन् ।

कतिपयले त एलिजाका पति ऋषि धमलाको नाम समेत लिदै ‘धमलाजी यो कुन प्रकारको डान्स हो, जनता जान्न चाहन्छन्’ भनेर पनि सोधेका छन् । एलिजाले एक दर्शकको प्रतिक्रियामा जवाफ दिदै पहिले अहिलेको ट्रेन्ड वुझ्नुहोस् अनी प्रतिक्रिया दिनुहोला भनेर जवाफ फर्काएकी छिन् ।

खैर, जे होस् दोश्रो फिल्म ‘घुइँचो’ नबनेपनि एलिजा भने विभिन्न हर्कतले भाइरल भएर चर्चामा छिन् । होलीको समयमा पनि एलिजा र पुष्प खड्काको भिडियो भाइरल भएको थियो । क्यानडामा बसेर नेपालमा भाइरल हुन सक्ने एलिजाको खुबीलाई पनि मान्नैपर्छ ।

भिडियो हेर्नुहोस्:

https://www.instagram.com/reel/Chd5FK9ltaY/?utm_source=ig_web_button_share_sheet

यस बिषयमा तपाइको प्रतिक्रिया...!