कमेडियन राजु श्रीवस्तावको अवस्था नाजुक, भेन्टिलेटरमा उपचार हुँदै

Posted on: 11 Aug, 2022

साउन २६, काठमाडौँ । कमेडियन राजु श्रीवास्तवको अवस्था चिन्ताजनक रहेको छ । दिल्लीको एम्स अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।


राजुका पीआरओ गर्वित नारंगले भने, ‘साँझ डाक्टरहरूले उनको एन्जोप्लास्टी गरेका छन् । तर, उनको मष्तिष्कले प्रतिक्रिया दिइरहेको छैन । २३ घण्टाभन्दा बढी समय भइसकेको छ । पल्स ६०–६५ को बीचमा रहेको छ ।’ डाक्टरहरूका अनुसार राजुको मुटुको एक ठूलो हिस्सामा १०० प्रतिशत ब्लकेज रहेको छ । 

राजुको नजिक रहेका मकबूल निसारका अनुसार उनी बिहान होटलको जीममा व्यायाम गरिरहेका थिए । ट्रेडमिलमा कुद्दै गर्दा उनको मुटुमा पीडा भएको थियो । उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!