अभिनेत्री नीता ढुंगानाले दिईन् ब्याचलर पार्टी (फोटोहरु)

Posted on: 05 Jul, 2022

असार २१, काठमाडौँ | अभिनेत्री नीता ढुंगानाले ‘ब्याचलर पार्टी’ दिएकी छन् । उनले आफ्ना केही नजिकका साथीलाई सोमबार होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिएकी हुन् । ‘ब्याचलर पार्टी’को जानकारी उनले सामाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै गराएकी छन् । तस्बिरका साथ उनले सिंगल जीवन सकिएको समेत बताएकी छन् ।

नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आगामी शुक्रबार अर्थात २४ असारमा विवाह गर्न लागेकी हुन् । उनले विवाह समारोहको निम्तो समेत सबैलाई बाँडिसकेकी छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमै बिहान १० बजेदेखि आयोजना हुने वैवाहिक कार्यक्रममा आफन्त र परिवारलाई मात्र बोलाइएको छ । नीताले हरिहरसँगको करिव ४ वर्षको प्रेम विवाहमा परिणत गर्न लागेकी हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!