'छक्का पन्जा’लाई उछिन्दै 'कबड्डी ४' बन्यो सर्वाधिक कमाइ गर्ने फिल्म

Posted on: 07 Jun, 2022


जेठ २४, काठमाडौँ | रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

रिलिज भएको १० दिनमा १७ करोड कमाउँदै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। आइतबारसम्म यसले १७ करोड कमाउँदै ‘छक्का पन्जा ३’ को रेकर्ड तोडेको हो। यसअघि 'छक्का पन्जा ३' ले १६ कराेड कमाएकाे थियाे।

पहिलो सातामा १५ करोडमाथि व्यापार गरेको फिल्मले आइतबारसम्म १७ करोड कमाएको जानकारी वितरक शाहीले दिए।

‘हामीले आइतबारसम्मको बक्स अफिस कमाइ पाएका छौं। फिल्मले १० दिनमा १७ करोड व्यापार गरेको छ,’ उनले भने।

‘फाइनल म्याच’ भनिएको फिल्ममा काजीको बिहे हुन्छ कि हुँदैन भन्ने कथा प्रस्तुत गरिएको छ। यसलाई दर्शकहरूले निकै रुचाइरहेका छन्। गत शुक्रबार हलिउड फिल्म ‘टप गन: मेभरिक’ र भारतीय फिल्म ‘विक्रम’ र ‘सम्राट पृथ्वीराज’ प्रदर्शन हुँदा पनि 'कबड्डी ४' ले नै उच्च शो हासिल गरेको छ। फिल्मले अझै राम्रो व्यापार गरिरहेको वितरक शाहीले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!