सगरमाथाको सबैभन्दा अग्लो उचाइमा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमान

Posted on: 03 May, 2022

वैशाख २०, काठमाडाैं | गायक राजु लामाले ६ हजार ५७४ मिटरमा आफ्नो रिलिज हुन बाकीँ भएको ‘हिमालले डाक्यो मलाइ, पहाडले डाक्यो मलाई’ बोलको गीत गाएका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प-३ मा पुगेर गीत गाएका हुन्। 

यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन्।

                                              Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

'६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन,' गायक राजुले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोस्ट गर्दै लेखेका छन्, ‘तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्‍यो। हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो।'

                            

यस बिषयमा तपाइको प्रतिक्रिया...!