वैशाख ५ गते विवाह गर्दै एलिना चौहान

Posted on: 25 Mar, 2024

चैत १२, काठमाडौँ । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आफू विवाहको तयारीमा लागेको बताएकी छन् ।


गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको बताइन्छ । यसअघि यी दुईबीच प्रेमपछि ब्रेकअपको खबर फैलिएको थियो । यो खबरलाई उनले नकारेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!