ऋतिक रोशनको फाइटर अनलाइनमा लिक, निर्मातालाई तनाब

Posted on: 26 Jan, 2024

मुम्बई, १२ माघ । दीपिका पादुकोण र ऋतिक रोशनको जोडी पहिलो पटक फिल्म फाइटरमा देखिएका छन । 

दुवै पहिलो पटक पर्दामा रोमान्सका साथ उत्कृष्ट एक्सन गर्दै देखिएका छन् । चलचित्र ‘फाइटर’ बिहीबारबाट हलमा रिलिज भएको हो,  जसले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । फाइटरले विश्वभर २५ करोड रुपैयाँभन्दा बढीमा ओपन गरेको छ। 


यसैबीच, ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरका साथै फाइटरका निर्माताहरूका लागि नराम्रो खबर आएको छ। यो फिल्म अनलाइन लिक भएको भारतीय मिडिया एनडिटीभीले जनाएको छ ।

फाइटरलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । यसअघि उनले शाहरुख खानसँग फिल्म पठान बनाएका थिए । पठान पनि रिलिज भएलगत्तै अनलाइन लीक भएको थियो। अहिले ऋतिक रोशनको फाइटरसँग पनि यस्तै भएको छ । फाइटर अनलाइन रिलिज भएको केही समय पछि नै लिक भएको छ। जसले फिल्मको बक्स अफिस कलेक्सनमा प्रभाव पार्ने निश्चित छ । 

यति मात्र होइन, फाइटरका केही रेकर्ड गरिएका संस्करणहरू पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

फिल्म फाइटरले बक्स अफिसमा राम्रो ओपनिङ गरेको छ तर पठानको रेकर्ड तोड्न भने टाढा छ । ऋतिक रोशनको फिल्म  ‘फाइटर’लाई भारतमा मात्र नभई विश्वभर नै मन पराइएको छ । यसको स्टाइल फिल्मको अग्रिम बुकिङमा पनि देखिएको छ । यस्तो अवस्थामा फाइटरले विश्वभर करिब २५–२८ करोड रुपैयाँ कमाएको छ । यद्यपि, यी अझै पनि अनुमानित तथ्याङ्कहरू हुन्। 

तर भारतको बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने पछिल्लो तथ्यांक अनुसार ऋतिक रोशनको फिल्मले पहिलो दिन मात्र २२ करोड कमाएको छ ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!