रेखा थापा दम्पतीले गरे ‘बेबी सावर’ (भिडियो)

Posted on: 23 Jan, 2024

माघ ९, काठमाडौँ | सन्तानलाई स्वागतको तयारीमा रहेका रेखा थापा दम्पती यतिबेला अमेरिकामा छन् । कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका हुन् ।


रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्वीर र भिडियो सेयर गरेकी छन् । रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट पनि गराएकी छन् । उक्त बेबी सावर जमघटमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए । उनका श्रीमान् बलरामको परिवार नै अमेरिकामा छ । त्यस अवसरमा रेखा दम्पतीले केक काटेर खुसी साटे । चिकित्सकले उनलाई माघ अन्तिम वा फागुनको डेलिभरी मिति दिएका छन् ।


भिडियो:

यस बिषयमा तपाइको प्रतिक्रिया...!