शाहरुखको करिअरकै सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म बन्यो ‘डंकी’, कति कमायो?

Posted on: 08 Jan, 2024

पुस २३, काठमाडौँ | शाहरुख खान स्टारर बलिउड फिल्म 'डंकी'ले विश्वभरबाट ४३६ करोड ४० लाख भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ। यो कमाइसँगै 'डंकी' शाहरुखको करियरकै सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म बनेको छ। 

शाहरुखले आफ्नै फिल्म 'चेन्नई एक्सप्रेस'को रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेका हुन्। सन् २०१३ मा रिलिज भएको चेन्नई एक्सप्रेसले विश्वभरबाट ४२३ करोड कलेक्सन गरेको थियो। 


सन् २०२३ शाहरुखका लागि निकै फलदायी रह्यो। त्यसै वर्ष रिलिज भएको 'जवान' शाहरुखको करियरकै सर्वाधिक कमाउने पहिलो फिल्म हो। जवानले विश्वभरि ११५२ करोड भारु ग्रस कलेक्सन गरेको थियो। 

साथै यस फिल्मले सर्वाधिक कमाई गर्ने पहिलो हिन्दी फिल्मको रेकर्ड कायम गर्न समेत सफल भएको छ। दोस्रो नम्बरमा भने 'पठान' रहेको छ। गत २५ जनवरीमा रिलिज भएको पठानले विश्वभरिबाट १०५०.८ करोड भारुको व्यापार गरेको थियो। 

राजकुमार हिरानी निर्देशित 'डंकी' ले घरेलु बक्सअफिसमा भने २१६.६७ करोड भारु कमाएको छ। यस फिल्ममार्फत राजकुमार र शाहरुखले पहिलोपटक सहकार्य गरेका हुन्।

हिरानीकै कथा रहेको फिल्ममा शाहरुखका साथै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतको अभिनय छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!