कति कमाए शाहरूख खानको 'डंकी' र प्रभासको 'सलार' ले?

Posted on: 05 Jan, 2024

पुस २०, काठमाडौं | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'डंकी' र प्रभास अभिनीत फिल्म 'सलार' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

बक्स अफिसमा प्रभासको 'सलार' ले आक्रामक कमाइ गरिरहँदा शाहरूख खानको 'डंकी' ले औसत कमाइ गरिहेको छ। 


भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय बक्स अफिसमा 'डंकी' ले १५ दिनमा २०५ करोड ५७ लाख भारू कमाइ गरेको छ भने 'सलार' ले १४ दिनमा ३७५ करोड ९९ लाख भारू कमाएको छ। 

'सलार' ले विश्वभरबाट ६५० करोड भारूबढी कमाइ सकेको छ। 

राजकुमार हिरानीले निर्देशन गरेको फिल्म 'डंकी' मा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ। 

प्रशान्त नीलले निर्देशन गरेको फिल्म 'सलार' मा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। प्रभास र प्रशान्तले यो फिल्ममार्फत पहिलो पटक सहकार्य गरेका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!