फिल्म रिमै'मा सौगात मल्‍लको प्रवेश

Posted on: 03 Jan, 2024

पुस १८, काठमाडौँ | अभिनेता सौगात मल्ल 'रिमै'मा अनुबन्धित भएका छन्।

फिल्ममा यसअघि ब्लकबस्टर 'कबड्डी' सिरिजका प्रथम दुई भागकी मूख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन्।

उनीहरु तीनै जनाले 'कबड्डी'को दोश्रो श्रृंखलामा एकसाथ काम गरेका थिए। खिल बहादुर गुरुङको निर्देशनमा तयार हुने फिल्मलाई फिल्म गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरले निर्माण गर्न लागेको हो।


फिल्ममा दया, रिस्मा, सौगातसँगै डेब्यू अभिनेता विरबल घले प्रमूख भूमिका रहनेछ।

उपेन्द्र सुब्बा फिल्मका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन्। फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेकछन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा फिल्ममा सह-निर्माताका रुपमा रहनेछन्।

फिल्मको हाल प्रिप्रोडक्सन चलिरहेको छ। 'रिमै' फागुनबाट फ्लोरमा जानेछ। 'कबड्डी' फिल्ममा दया र रिस्माको नोकझोकलाई दर्शकहरुले खुबै मनपराएका थिए।

यो फिल्मले त्यो 'केमिस्ट्री'लाई पुनः ताजा गराउने अनुमान गर्न सकिन्छ। फिल्ममा सौगातको अनुबन्धनले रोमाञ्चक कथाको अपेक्षालाई रोचक बनाउने अपेक्षा बढाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!