सालारले ३ दिनमा विश्वभर कमायो ४०० करोड, डंकी सय करोड क्लबमा

Posted on: 25 Dec, 2023

पुस ९, काठमाडौँ | प्यान इन्डियन सुपरस्टार प्रभासको फिल्म सालार ग्लोबल बक्स अफिसमा तीन दिनमै ४०० करोड क्लबमा पुगेको छ । आइतबार मात्रै फिल्मले १०४ करोड भारु कमाएको छ । सलार ३ दिनमा ४०० करोड कमाउने तेस्रो फिल्म हो । यसअघि बाहुबली–२ र ट्रिपल आरले यो रेकर्ड बनाएका थिए । शुक्रबार पहिलो दिनको कारोबारमा सालारको वल्र्डवाइड कलेक्शन १७८ करोड ७० लाख भारु थियो । दोस्रो र तेस्रो दिनको कमाई क्रमशः ११७ करोड र १०४ करोड ३० लाख भारु रहेको छ ।


घरेलु बक्स अफिसमा २०० करोड

इन्डष्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार भारतीय बक्स अफिसमा तेस्रो दिनमा फिल्मले ६१ करोड भारु कमाएको छ । यसको साथमा भारतको कुल कलेक्शन २०८ करोड पुगेको छ । आइतबार फिल्मको हिन्दी भर्जनको अक्युपेन्सी ४८ दशमलव २७ प्रतिशत थियो । उत्तर अमेरिकामा भने सलारको कमाई ५१ लाख डलर पुगेको छ ।

सालार यो वर्षको सबैभन्दा ठूलो ओपनिङसहितको फिल्म बनेको छ । पहिलो दिन फिल्मको कुल कमाई १७८ करोड ७ लाख भारु रहेको थियो । इन्डियन बक्स अफिसमा यसको कमाई ९० करोड ७० लाख भारु रह्यो ।

डंकी पनि सय करोड क्लबमा पुग्यो

शाहरुख खानको फिल्म डंकीले भने चौथो दिन भारतभरमा ३१ करोड ५० लाख भारु कमाएको छ । यसको साथमा घरेलु बक्स अफिसमा फिल्मको कूल कमाई १०६ करोड ४३ लाख भारु भएको छ । डंकी सालारभन्दा एक दिनअघि डिसेम्बर २१ मा रिलिज भएको थियो । डंकीको वल्र्डवाइड कलेक्शन भने २१५ करोड पुगेको छ । चौथो दिनमा फिल्मको वल्र्डवाइड कलेक्शन ५७ करोड ७८ लाख भारु थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!