के विपना थापाको डिभोर्स भएको हो ?

Posted on: 20 Dec, 2023

पुष ४, काठमाडौँ | अभिनेत्री विपना थापाका श्रीमान् आशुतोष भारद्वाजले नै डिभोर्स भएको उल्लेख गरेका छन् । उनले बुधबार बिहान साढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै विपनासँग आफ्नो डिभोर्स भएको बताएका थिए । तर, करिब १५ मिनेटपछि उनले उक्त स्टाटस हटाए । आशुतोषले विपनाको एक तस्वीर राख्दै हिन्दीमा लेखेका थिए, ‘मेरा और विपना थापाका तलाक हो चुका हे ।’


 तर, आशुतोषले लेखेको स्टाटसलाई विश्वास गर्ने आधार भनेर देखिँदैन । उनले पुष ३ गते मंगलबार आफ्नो फेसबुकमा विपना र छोरासँगको एक तस्वीर राख्दै ‘माई लभ’ भनेर हार्टको इमोजी राखेका छन् । त्यस्तै, दुई दिनअघि उनले काठमाडौंको एक होटलमा फोटोग्राफर राजभाई सुवालसँग ‘डाँडाघरे साइँली’ गीतमा नाचेको भिडियो पनि पोस्ट गरेका छन् । यतिबेला उनी नेपालमा छन् ।

विपना र आशुतोषको फेसबुक हेर्ने भने उनीहरु आफन्तको विवाह समारोहमा सहभागी हुन नेपाल आएको देखिन्छ । विपनाले नेपाल आएयता निरन्तर रुपमा आशुतोष र छोरासँगका तस्वीर तथा भिडियोहरु फेसबुकमा सेअर गरेकी छन् । जसले गर्दा विपना र आशुतोषको डिभोर्स भएको विश्वास गर्न कठीन छ । तर, आशुतोषको डिभोर्ससम्बन्धी स्टाटसले धेरैमा चासो भने उब्जिएको छ ।

आशुतोष भारतीय नागरिक हुन् । उनी पेशाले चिकित्सक हुन् भने भारतीय कांग्रेस पार्टीबाट राजनीतिमा पनि सक्रिय छन् । उनी नेपाली फिल्म ‘वरमाला’को निर्माता समेत हुन् । यही फिल्मको क्रममा विपना र आशुतोषबीच प्रेम अंकुराएको थियो । र, पछि दुवै विवाह बन्धनमा बाँधिए । विवाहपछि भारतमै बस्दै आएकी विपना फिल्म ‘ह्रस्व दीर्घ’बाट एक दशकपछि अभिनयमा फर्किँदैछिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!