एडभान्स बुकिङमा सालारले डंकीलाई उछिन्यो

Posted on: 20 Dec, 2023

पुष ४, काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सालार आगामी डिसेम्बर २२ रिलिज हुँदैछ । त्यसैको एक दिनअघि अर्थात् डिसेम्बर २१ मा शाहरुख खानको फिल्म डंकी रिलिज हुँदैछ । दुवै फिल्मको एडभान्स बुकिङ सुरु भइसकेको छ ।  यसअघि एडभान्स बुकिङमा डंकीले सालारलाई उछिनेको थियो । तर अब भने सालारले २ करोड ४० लाख भारुभन्दा धेरै कमाएर एडभान्स बुकिङमा डंकीलाई पछाडि पारेको छ ।

डंकीको तुलनामा सालारलाई कम शोज दिइएको छ । अहिलेसम्म एडभान्स बुकिङबाट सालारले १२ करोड ६७ लाख भारु कमाएको छ । ६ हजार ४३९ शोजका लागि फिल्मको ५ लाख ७७ हजार ४०६ ओटा टिकट बिकेको छ । अर्कोतर्फ १२ हजार ६०८ शोजका लागि डंकीको ३ लाख ६० हजार ५०८ ओटा मात्रै टिकट बिक्री भएको छ । डंकीको एडभान्स बुकिङ १० करोड २६ लाख भारु छ ।

तेलुगु बेल्टका दर्शकहरू सालारका लागि निकै उत्साहित देखिन्छन् । फिल्मको तेलुगु संस्करणको लागि अहिलेसम्म ३ लाख ८२ हजार ६१७ ओटा टिकट बिक्री भएको छ । डंकीका लागि भने हिन्दी बेल्टमा दर्शकहरू बढी उत्साहित देखिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!