अभिनेता गौरव पहारी र प्रेमिका श्रेयानी खतिवडाले गरे इन्गेजमेन्ट

Posted on: 20 Sep, 2023

असोज ३, काठमाडौँ | अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो ।

परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट औंठी साटासाट गरे । आगामी मंसिरमा उनीहरुबीच बिहे हुने तयारी छ । र्‍याडिसनको नेपा हलमा आयोजित समारोहमा उनीहरुलाई बधाइ दिन दुबै पक्षका परिवार, कलाकारहरु विल्सनविक्रम राई, निर्देशक उदय सुब्बा लगायत उपस्थित थिए ।


यी दुईजना तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । श्रेयानी पेशाले फिटनेस प्रशिक्षक हुन् । पाका अभिनेता टीका पहारीका छोरा गौरवले फिल्म ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका थिए ।

गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘साइँली’मा लगानी पनि गरेका थिए । यसवर्ष उनले अभिनय गरेका फिल्महरु ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनमा आउँदैछन् ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!