हिमालय रोडिजको पाँचौं सिजन साउन ८ गतेदेखि प्रसारण हुने

Posted on: 03 Jul, 2023

असार १८, काठमाडौँ | हिमालय रोडिज सिजन-५ आगामी साउन ८ गतेदेखि प्रसारण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो साहसिक रियालिटी शोका प्रायोजकसँग सम्झौता गरिएको छ । साथै शोमा अनुबन्धित ग्याङ लिडर र होस्ट पनि सार्वजनिक गरियो ।


हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले पछिल्लो समय नेपाली टेलिभिजनमा युवा दर्शक बढेको र रोडिजको पाँचौं सिजन अघिल्लाभन्दा भव्य र परिष्कृत हुने बताए । शोका निर्देशक सिमोस सुनुवारले सिजन ५ मा कार्यक्रमको संरचनामा केही परिवर्तन गरी पाँचजना ग्याङ लिडरको टिमबीच रोचक प्रतिस्पर्धा गराइएको बताए ।

‘पावर अफ फाइभ’को थिममा निर्माण भएको यसपटकको रोडिजलाई सुरजसिंह ठकुरीले होस्ट गर्दैछन् । प्रियंका कार्की ग्याङ लिडरको रुपमा जोडिएकी छन् । र्‍यापर आशिष राना लाउरे, अभिनेता अनुपविक्रम शाही र अभिनेत्री दीया मास्के ग्याङ लिडरको रुपमा छन् ।

डिजिटल अडिसनमा ४ हजार ४०० र फिजिकल अडिसनतर्फ १ हजार ११६ जना सहभागी भएका थिए । एमटीभी इन्डियाको फर्म्याटमा आधारित भएर हिमालय रोडिजले २०७५ सालदेखि नेपालमा प्रसारण थालेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!