धुर्मुस-सुन्तलीको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा( भिडियो)

Posted on: 26 Jun, 2023

असार ११, काठमाडौँ | धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) अभिनित र निर्देशित वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा सार्वजनिक भएको छ । यो फिल्मको कथा धुर्मुस-सुन्तलीले नै लेखेका हुन् ।

‘म त मर्छु कि क्या हो’ कोरोना भाइरसको लकडाउनको समयमा दर्शकले घरमै बसी मनोरञ्जन लिन सकून् भनेरविशेषतः ओटीटी प्लाटफर्मको लागि मात्र भनी तयार पारिएको थियो । तर, अब भने दर्शकले यो फिल्म यूट्यूबमा हेर्न पाउने भएका छन् ।

‘म त मर्छु कि क्या हो’ धुर्मुस-सुन्तलीकै अफिसियल यूट्युब च्यानल ‘धुर्मुस-सुन्तली यूट्युब’मार्फत आज सार्वजनिक गरिएको छ ।

फिल्ममा धुर्मुस-सुन्तलीबाहेक रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, वलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्प आचार्य, सुशीला थापालगायतका कलाकारको अभिनय छ ।

सुबिहानी फिल्मसको प्रस्तुतिमा तयार पारिएको ‘म त मर्छु कि क्या हो’ मा गायिका रचना रिमाल र गायक भक्त प्रधानले स्वर दिएका छन् । जसमा लोकराज अधिकारीको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको छ । फिल्मलाई सुदीप बरालले खिचेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!