आज युट्युबमा धुर्मुस सुन्तलीको 'म त मर्छु कि क्या हो' सार्वजनिक हुँदै

Posted on: 26 Jun, 2023

असार ११, काठमाडौँ । हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ अब युट्युबमा हेर्न पाइने भएको छ । 


कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । धुर्मुस सुन्तलीले आज युट्युबमा फिल्म सार्वजनिक गर्दैछन् । फिल्ममा उनीहरूलाई धुर्मुस र सुन्तलीकै भूमिकामा देख्न पाइने छ ।

फिल्ममा धुर्मुस र सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापाको अभिनय रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुवैले गरेका छन् । सुदिप बरालको छायाङ्कन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!