भारतीय चलचित्र बन्द गर्न पुगेको नगर प्रहरी फिर्ता

Posted on: 23 Jun, 2023

असार ८, काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । बिहिबार हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।

काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेका अनुसार नेपाली जनता आफैले हिन्दि फिल्म बहिष्कार गरेपछि नगरप्रहरीले हलमा फिल्म बन्द गर्न जान आवश्यक नदेखेको कारण हलमा गएका नगर प्रहरी फिर्ता भएको बताएका छन् । 

मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

त्यसलगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेपछि उनको आलोचना भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!