अब साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने, क्वरेण्टिन बस्नु नपर्ने

Posted on: 06 Mar, 2022

फागुन २२, काठमाडौँ । कोरोना संक्रमण कम हुँदै गएसँगै साउदीले कारोना नियन्त्रण सम्बन्धी मापदण्ड खुकुलो बनाउँदै गएको छ । हिजो शनिबारदेखि लागु हुनेगरि साउदी प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको हो ।

अब साउदी प्रवेश गर्ने यात्रुले विमानस्थलमा नेगेटिभ पीसीआर रिपोर्ट देखाउन नपर्ने त्यहाँको गृह मन्त्रालयको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यस्तै अब कुनै पनि प्रकारको क्वरेटिनमा बस्नुपर्ने छैन । यात्रु विमानस्थलमा उत्रेर सिधै आफ्नो गन्तव्यमा जान सक्नेछन् ।

साथै मक्का र मदिनामा लागू गरिएको भौतिक दुरीको मापदण्ड पनि हटाइएको छ । तर मास्क लगाउन भने यी ठाउँमा अनिवार्य नै छ । 

यस्तै साउदीले अफगानिस्तान लगायत १५ वटा अफ्रिकी देशमाथि लगाएको सिधा उडानमाथिको प्रतिबन्ध पनि हटाएको गल्फ न्युजले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!