दुबईमा अलपत्र परेका नेपालीको उद्धारका लागि श्रममन्त्री आँफै जाने

Posted on: 10 Feb, 2022

माघ २७, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ दुबई जाने भएका छन् । दुबईमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि उनी त्यसर्फत चाँडै जाने तयारीमा जुटेका छन् ।

यद्धपी उनले दुबईमा अलपत्र नेपालीहरुको उद्धारको लागि परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग पनि सहयोग मागेका थिए । तर, परराष्ट्र मन्त्रालयले उल्लेखित सहयोग नगरेको कारण उनी आँफै भएपनि दुबई जाने तयारीमा जुटेका छन् ।

विश्व यतिवेला कोरोना महामारीको चपेटामा परेको छ । नेपालबाट अवैद्य रुपमा विदेश जानेहरुको पनि संख्या बढिरहेको छ । यस्तो अवस्थामा धेरै नेपाली युवाहरु अहिले अलपत्र परेका छन् ।

युवाहरुलाई राम्रो रोजगारीको अवसर सिर्जना गर्ने भन्दै ठूलो रकम असुलेर विदेशमा लगेर अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई मन्त्री श्रेष्ठले कारबाही गर्ने पनि चेतावनी दिएका छन् । उनले केही युवाहरुलाई सकुशल उद्धार पनि गरिसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!