वैदेशिक राेजगार विभागकाे महानिर्देशकमा शेषनारायण पाैडेल

Posted on: 08 Feb, 2022

माघ २५, काठमाण्डौ। वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेलाई मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव शेषनारायण पौडेललाई वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी दिने निर्णय भएको मन्त्री श्रेष्ठका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेको ५ महिनामै सरुवा भएको हो । 

माहानिर्देशक काफ्लेले भदौ १० गते वैदेशिक रोजगार विभागको जिम्मेवारी पाएका थिए । बिभागमा जिम्मेवारी पाएका पौडेल मन्त्रालयको सामाजिक सुरक्षा महाशाखामा कार्यरत हुन् ।


यस्तै ईपीएस शाखाको प्रमुख पनि परिवर्तन गरिएको छ। सुरेश राउतलाई मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयमा रहेका उपसचिव पुष्प कट्वाललाई ईपीएस शाखाको जिम्मेवारी दिइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!