साउदीमा रहेका नेपालीहरुलाई ठगहरुबाट बच्न दुतावासको यस्तो अनुरोध (सूचना सहित)

Posted on: 13 Jan, 2022

पुस २९, काठमाडौँ । साउदीमा रहेका नेपालीहरुलाई ठगहरुबाट बच्न भन्दै दुतावासले सूचना जारी गरेको छ । जारी सूचना अनुसार दुतावासको सहयोग र समन्वयमा साउदी बहिर्गमन भिसा प्राप्त गरेका तथा विदामा स्वदेश जान लागेका नेपालीहरुलाई हवाईजहाज टिकट काट्ने एकादुई नेपाली एजेन्टहरुले ठगेका गुनाशो दुतावासलाई प्राप्त भएको छ । 

दुतावासले सूचनामा अभानेको छ 'बेखर्ची भएर दुतावासको सेल्टरमा बसेका, साथिभाईको सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका र ट्राभल डकुमेन्ट समेत जारी भई स्वदेश जाने टिकटको लागि ट्राभल एजेन्सीमा गएका कामदारहरुलाई बिभिन्न बहानामा ठग्ने गरेको पाइएको छ ।' ठगि गर्नेहरुले ट्राभल डकुमेन्ट खर्च, फोटोकपी खर्च, सिसिएमसीको फारम भरेको खर्च जस्ता बनावटी शिर्षकमा रकम लिने गरेको पाइएको दुतावासले जनाएको छ । दुतावासले नेपालीहरुलाई यस्ता क्रियाकलाप गर्नेहरुबाट जोगिन अनुरोध समेत गरेको छ । 

दुतावासले सूचनामा भनेको छ 'आफूलाई समाजसेवी भन्न रुचाउने र बिभिन्न संघसंस्थामा आवद्धहरुले नै यसखाले ठगि कार्य गरिरहेको दुतावासले जनाएको छ । दुतावासले यसै सन्दर्भमा थप उल्लेख गर्दै सूचनामा भनेको छ 'केहि तथाकथित समाजसेवीबाट यस्ता प्रकारका ठगिहरु भईदिंदा मन, बचन र कर्मले प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको सेवामा अहोरात्र खटिने अन्य वास्तविक समाजसेवीहरु प्रति ठूलो अन्याय हुन जाने र उहाँहरुले पुर्याउने योगदानको अवमूल्यन हुन जान्छ ।' दुतावासले यस किसिमको निन्दनीय कार्य नगर्न सचेत गराएको छ । 

दुतावासले कोहिकसैले आफू ठगिएको महसुस भएमा राजदुतावास वा नजिकैको प्रहरीमा उजुरी दिन समेत साउदीमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!