कोरोना महामारीमा पनि कसरी खुसी र सम्पन्न छ खाडीको देश यूएई ?

Posted on: 11 Jan, 2022

एजेन्सी | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका कयौ देश पुनः लकडाउन लगाउन बाध्य भएका छन् । तर संयुक्त अरब इमिरेट्स (यूएई) एक यस्तो देश हो जसमा ओमिक्रोनको धेरै असर पारेको छैन ।

खाडीको यो देशले विश्वरभरिका पर्यटकका लागि आफ्नो ढोका खुला गरेको छ ।

यूएई  यस विश्वव्यापी महामारीको समयमा आफ्नै खोपको राम्रो व्यवस्थाका साथै व्यापक र सस्तो टेस्टिङ सुविधाका कारण विश्वका अन्य देशको तुलनामा कोरोनासँग राम्रो तरिकाले जुझिरहेको छ ।

यूएई हाल ब्लूमबर्गको कोभिड रेजिलियन्स वरियतामा शीर्ष देशको सूचीमा रहेको छ । यो वरियतामा ५३ देशको स्वास्थ्य सुविधा मानक, कोरोना संक्रमणबाट हुने मृत्यु र यात्रा पुनः चालु गर्ने जस्ता १२ संकेतलाई समावेश गरिएको छ ।

यही कारण यूरोपमा ओमिक्रोन पैmलिए बावजुद यूएई संक्रमण नियन्त्रित गर्न र देशका पर्यटकका लागि खुला राख्न सफल भएको छ ।

महामारीका कारण यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईले पनि आफूलाई विश्वव्यापी पर्यटकीय स्थलबाट आफ्ना जनताको सुरक्षा गर्ने सहरको रुपमा रुपान्तरण गरेको छ ।

मिर्जाम चकलेट कम्पनीका मुख्य अधिकारी क्याथी जोनस्टन ३० वर्षदेखि दुबईमा बस्दै आएकी छन् । उनी भन्छिन्, ‘हामी सबै एक अर्काको सुरक्षा गर्न मिलेर काम गरिरहेका छौँ । मानिस स्थानीय विचार र पारियोजनाको समर्थन गरिरहेका छन् । स्थिति ढिलो भएपनि अगाडि बढिरहेको छ । २ वर्षको तुलनामा मलाई यस्तो लाग्छ कि म कुनै दोस्रो ग्रहमा आइपुगेको छु र मलाई यो मन परेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!