त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'भिजिटर पास' वितरण बन्द

Posted on: 11 Jan, 2022

पुस २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ। कोरोना संक्रमण बढ्दो महामारीका बीच विमानस्थलले भिजिटर पास बन्द गरेको हो।

अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने कार्यालयले जनाएको छ। यस्तै, विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ।

यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ। तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!